Logo

साफ च्याम्पियनसिप – नेपालले सात पटकको विजेता भारतसँग प्रतिस्पर्धा गर्दै



Spread the love
तस्बिर – एन्फा

२४ असोज, काठमाडौँ । दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत भिड्दैछ। माल्दिभ्समा खेल नेपाली समयअनुसार राति पौने १० बाट सुरु हुनेछ ।

भारतलाई फाइनल पुग्न अबका बाँकी दुई खेल जित्नै पर्ने दबाब छ । नेपालले साफको ऐतिहासिक फाइनल यात्रा तय गर्नका लागि आजको जित महत्वपूर्ण हुनेछ । नेपाल साफ च्याम्पियनसिपमा अहिलेसम्म फाइनलमा पुगेको छैन ।

भारत साफमा सात पटकको विजेता हो । नेपाल र भारत अहिलेसम्म २१ खेल खेलेकोमा भारतले १४ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्