Logo

हामी खुसी हुन के गर्ने त ? यस्ता छन् खुसि हुनुका फाइदाहरु



Spread the love

खुसी हामीभित्रै छ । तर, आफैभित्रको खुसी पनि हाम्रो निम्ति दुर्लभ छ । चाहेर पनि हामी खुसी हुन सकिरहेका हुँदैनौ । हामी किन हरबखत खुसी वा प्रशन्न रहन सक्दैनौ भौतिक जरुरत, इच्छा वा सफलताको अपेक्षा, जीवनको सम्बन्धमा आफ्नो दृष्टिकोण, आफ्नो इष्टमित्र, आफन्त र नातेदारको गुणवत्ता जस्ता कुरामा खुसी निर्भर रहन्छ ।

खुसी वा सुखी हुनुको अर्थ आरामदायी जीवन, मीठो खाना, प्रशस्त पैसा वा राम्रा लुगा मात्र होइन । अरुलाई अप्ठेरोमा साथ दिनु, सहयोग गर्नु, यात्रा गर्नु र मनमा शान्ति हुनु वास्तविक मानिसका खुसीहरु हुन् । यिनले मनमा जति आनन्द दिन्छ । त्यति कुनै पनि भौतिक वस्तुको प्राप्ति वा स्वामित्वले दिन सक्दैन । खुसी हुनु स्वास्थ्यका लागि फाइदाजनक हो ।

हामी खुसी हुन के गर्ने त ?

आफुसँग जे चिज छ, त्यसका लागि गहिराईबाट कृतज्ञता महसुष गरौ ।
सानोतिनो कुरालाई पनि परिपक्क वा अनुभवी हिसावले ग्रहण गरौ ।
मुस्कुराउन सिकौं । हामी खुसी हौ वा दुखी । तर, हरेक समयमा मुस्कुराउनुपर्छ ।
क्षमा गर्न सिकौं ।
दिनभर जे जति आनन्ददायक घटना घट्छ, त्यसलाई मनमै संग्रह गरौं ।

– आफ्नो सबैभन्दा नजिकको साथिसँग भेटर मन खोलेर कुरा गर्नुहोस् ।
– आफ्ना पुराना रमाइला क्षण, घटना याद दिलाउने तस्वीर वा खेलौना हेर्नुहोस् ।
– आफुले उपलब्धी गरेको सफलतालाई स्मरण गरी त्यसैमा रमाउने प्रयाश गर्नुहोस् ।
– रमाइला गीत, फिल्म हेर्नुहोस् वा मन लागेको काम गर्नुहोस् ।
– यदि कुनै पनि कुरा सम्भव भएन भने बगैंचामा जानुहोस् र फूलसँग समय बिताउनुहोस् ।

प्रतिक्रिया दिनुहोस्