Logo

चन्द्रागिरीमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना



Spread the love

२ कात्तिक, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको छ । चन्द्रागिरि नगरपालिका–२, पिपलमोड नजिकै ना७ख ३९४९ नम्बरको ट्रक दुर्घटना भएको हो।

दुर्घटनामा मानवीय क्षति नभएको महानगरीय ट्राफिक प्रहरीले महाशाखाले जनाएको छ । ट्रक दुर्घटना हुँदा राति दुईतर्फी आवत–जावत बन्द भएको थियो ।

अहिले ट्रक हटाइसकिएको र अवस्था सामान्य रहेको महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्