Logo

च्याम्पियन्स लिग – युभेन्टस विजयी, रोनाल्डोको गोलमा युनाइटेडको पुनरागमन जित



Spread the love

एजेन्सी । म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग फुटबलमा पुनरागमन जित निकालेको छ । समूह एफ अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले इटालियन क्लब एट्लान्टामाथि ३–२ को जित हात पारेको हो ।

एट्लान्टाका लागि १५ औँ मिनेटमा मारिओ पासालिक र २८ औँ मिनेटमा मेरिह डेमिरालले गोल गरेर अग्रता दिलाएका हुन् । ५३ औँ मिनेटमा मार्कस रासफोर्ड तथा ७५ औँ मिनेटमा ह्यारी मागुइरीले गोल गरेपछि युनाइटेडले बराबरी गर्न सफल भयो । रोनाल्डोले ८१ औँ मिनेटमा ल्यूक शको मदतमा हेड मार्फत गोल गरी युनाइटेडको जित पक्का गरे।

त्यस्तै, समूह चरण अन्तर्गत बुधबार राति इटालियन क्लब युभेन्ट्सले जेनिट सेन्ट पिटर्सवर्गलाई १-० गोलले हराएको हो ।

युभेन्ट्सको जितमा डिजान कुलुसेभस्कीले ८६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै युभेन्ट्स ३ खेलमा ९ अंकसहित शीर्ष स्थानमा रहेको छ । जेनिट ३ अंकसहित तेस्रो स्थानमा छ

प्रतिक्रिया दिनुहोस्