Logo

विश्वकप क्रिकेट – सुपर–१२ मा प्रवेश गर्ने लक्ष्यमा स्कटल्यान्ड



Spread the love

एजेन्सी । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज बिहीबार दुई खेलहरु हुँदैछ । पहिलो चरण अन्तर्गत समूह ‘बी’ को दुबै खेल ओमानस्थित अल इमिरेट क्रिकेट मैदानमा हुनेछ।

आज हुने पहिलो खेलमा बंगलादेश र पपुवा न्यू गिनी दिउँसो ३:४५ आमनेसामने हुदैँछ । यस्तै दोस्रो खेलमा ओमान र स्कटल्यान्ड राति ७:४५ बजे भिड्दै छन् ।

स्कटल्यान्ड अन्तिम खेलमा जित निकाल्दै सुपर–१२ मा पुग्ने रणनीतिमा रहेको छ । प्रतियोगिताको अघिल्लो चरण प्रवेशका लागि ओमान आजको खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने योजनामा हुनेछ । ओमानलाई जितको विकल्प छैन् ।

प्रतिक्रिया दिनुहोस्