Logo

प्रिमियर लिग – चेल्सी र सिटीको सानदार जित, एभर्टन पराजित



Spread the love

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र चेल्सीले सानदार जित निकालेको छ । शनिबार राति भएका खेलमा सिटीले ब्राइटनमाथि ४–१ गोल र चेल्सीले आफ्नै मैदानमा भएको खेलमा नरिच सिटीलाई ७– ० ले पराजित गरेको हो ।

सिटीको जीतमा फिल फोडेनले २ गोल गर्दा गुन्डोगन र रियाद मेहरेजले एक एक गोल थपेका थिए ।

जितसँगै सिटी ९ खेलबाट २० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ भने पराजित भएको ब्राइटन १५ अंकसहित चौथो स्थानमा छ ।

यस्तै, चेल्सीको लागि मेसन माउण्टले ह्याट्रिक गर्दा क्यालुम हड्सन ओडोइ, रिस जेम्स र बेन चिलवेलले एक एक गोल गरे । ९ खेलबाट चेल्सीको २२ अंक भएको छ ।

त्यस्तै , वाट्फोर्डले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा वाट्फोर्डले एभर्टनलाई ५-२ गोलले हराएको हो ।

जोसुवा किङले ह्याट्रिक पूरा गर्दा वाट्फोर्डका लागि जुराज कुका र इमानुएलले गोल गरे । एभर्टनका लागि टम डाभिस र रिचार्लिसनले गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्