Logo

देशभर ५९१ जनामा कोरोना संक्रमण, कतिले गुमाए ज्यान ?



Spread the love

११ कात्तिक, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना संक्रमित थपिएका छन्। ८८४८ पीसीआर परीक्षणमा ५२७ र २५०७ एन्टिजेन परीक्षणमा ६४ जना गरी ५९१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६६४ संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

अहिलेसम्म देशभर ८ लाख ११ हजार ४०७ जनामा कोरोना संक्रमण हुँदा ११ हजार ३८२ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्