Logo

माइक्रोलिंक मुभिजले याम क्रिउलाई छाडेर लिड ब्वाइजलाई गर्यो स्पोन्सर



Spread the love

एक्काइसौँ शताब्दीको युगमा आई पुग्दा नेपाली गीत संगीतको बजारले धेरै फड्को मारिसकेको छ । यहाँ दैनिक सयौँको संख्यामा गीत सँगीत बजारमा भित्रिरहेका हुन्छन् । सँगीतलाई साच्चिकै सँगीत जस्तो बनाउन पर्दा पछाडीबाट काम गरीरहने एउटा महत्वपूर्ण पाटो रेकर्डिङ, एरेन्ज र मिक्सिङ, जसको उल्लेख्य भूमिका रहेको हुन्छ ।

नेपाली मनोरञ्जन क्षेत्रमा हाल तीब्र प्रतिस्पर्धा छ । चाहे त्यो प्रतिभाको माध्यमबाट होस् या प्रविधिको विकासको माध्यमबाट होस्, प्रतिस्पर्धाले गर्दा यो क्षेत्रमा आउँने हरेक श्रृजनाहरुमा पनि स्तरीयताको विकास भईरहेको छ ।

पछिल्लो समयमा जति–जति श्रृजनाहरु निर्माण भईरहेका छन्, त्यस्ता श्रृजनाको उत्पादन स्थलहरु पनि त्यही प्रतिस्पर्धात्मक रुपमा स्थापना भई रहेका छन् ।

बजारमा हजारौँ रेकर्डिङ स्टुडियो स्थापना भएका छन् । ती हजारौँ रेकर्डिङ स्टुडियो भित्रको पनि एउटा नाम हो, माइक्रोलिंक मुभिज स्टुडियो । दाङ्ग लमही स्थित बिभिन्न  रेकर्डिङ स्टुडियो मध्ये यतिखेर माइक्रोलिंक मुभिज स्टुडियो गीत संगीत पारखी एवं कलाकारहरुको रोजाई पर्न थालेको छ ।No automatic alt text available.संगीतको बजारलाई उकास्न, संगीतमा भए गरेका बिकृति विसंगति न्यून गर्न र संम्पूर्ण गीत संगीतमा रुचि राख्ने व्यक्ति, कलाकार तथा संगीतमा लगानी गर्नेहरुका लागि माइक्रोलिंक मुभिज स्टुडियो एउटा विश्वासनिय कामसंगै उदारणीय स्टुडियोको रुपमा स्थापित भएको छ ।

 यसै क्रममा माइक्रोलिंक मुभिज स्टुडियोले विभिन्न  नयाँ म्युजिक भिडियोहरु तथा कभर भिडियोहरु निकाल्दै आएको छ। गत महिना याम क्रिउको एती एती पानीलाई स्पोन्सर गरेको माइक्रोलिंक मुभिजले अहिले भने बिभिध कारणले गर्दा स्पोन्सर गर्न नसक्ने बताएको छ ।(सल्लेरी खबर डट कम)संग कुरा गर्दै आगामी दिनहरुमा लिड ब्वाइजलाई स्पोन्सर गर्ने कुरा बताएको छ ।याम क्रिउको यति एती पनि ३ हप्ता मै २ लाख भ्युज  पुगेकोछ ।

अहिले भने लिड ब्वाइजलाई स्पोन्सर गरेर नयाँ कभर भिडियो बजारमा ल्याएको छ ।उक्त भिडियोले दर्शक स्रोताको छोटो समयमा नै मन जित्न सफल भएको छ ।उक्त भिडियो १ दिनमै पचास हजार भ्युज  पुग्न सफल यो भिडियो राज्जा रानी फिल्मको चिपक चिपक गीतको कभर भिडियो हो ।

Comment Here!

प्रतिक्रिया दिनुहोस्