Logo

सुनको मूल्यमा गिरावट, नेपाली बजारमा कति पुग्यो ?



Spread the love

१२ कात्तिक, काठमाडौँ। लगातार बढेको सुनको मूल्य साताको अन्तिम दिन भने घटेको छ । आज तोलामा ४ सय रुपैयाँ घटेर ९२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

बिहीबार प्रतितोला ९२ हजार ४०० मा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ५ रुपैयाँले घटेर तोलाको १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्