Logo

धेरैले भातलाई नै रोज्दा चामलको आयात बढ्यो : गहुँ, मकै, कोदो खाए प्रशस्त चामल बेच्न सकिने



Spread the love

१२ कार्तिक, गुल्मी । हरेक परिवारले कम्तीमा पनि एक छाक चामल अर्थात भात बाहेक अन्य खाद्यान्न बालि उपभोग गर्ने हो भने प्रशस्त मात्रामा चामल बेच्न सकिने तथ्यांकले देखाएको छ । शुक्रबार गुल्मीको सदरमुकाम तम्घासमा ४१ औं विश्व खाद्य दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनले यस्तो देखाएको हो । नेपालमा गएको वर्ष कृषि तथा पशुपंक्षी मन्त्रालयले ५६ लाख टन धान तथा ३३ लाख टन चामल उत्पादन भएको उल्लेख गरेको छ भने केन्द्रिय तथ्यांक विभागको घरपरिवार सर्वेक्षणको तथ्यांकले नेपालमा ३५ लाख टन चामल आवश्यक रहेको उल्लेख गरेको छ ।

सर्वेक्षणका अनुसार एक व्यक्तिले एक वर्षमा १ एक सय २२ किलो चामल खाने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

चामलको २ लाख टन माग देखिएता पनि भारतबाट ६ लाख टन आयात हुने गरेको छ । नेपालीहरुले दिनको तीन पटकसम्म भात खाने प्रचलन रहेका कारण आयात बढेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नमराज भण्डारीले बताए । केहि व्यक्तिले आफ्ना व्यक्तिगत समस्याका कारण दिनको एक छाक कोदो, मकै, गहुँ तथा अन्य खाद्यान्न उपभोग गरे पनि अरु सबैले भातलाई नै रोज्दा चामलको आयात बढेको भण्डारीले उल्लेख गरे ।

‘हाम्रो पहल उत्पादन र पोषणमा वृद्धि, पर्यावरण सरक्षण र जनजिविकामा समृद्धि’ भन्ने नाराका साथ ४१ औं विश्व खाद्य दिवस मनाइएको हो । अक्टोबर १६ मा विश्व खाद्यान्न दिवस मनाइने गरेता पनि नेपालमा यो वर्ष अक्टोबर महिना भरिनै विविध कार्यक्रम गरि दिवस मनाइएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्