Logo

घट्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?



Spread the love

१४ कात्तिक, काठमाडौँ । साताको पहिलो दिन आज सुनको मूल्य घटेको छ । प्रतितोला ३०० रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको प्रतितोला मूल्य १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्