Logo

आर्मीलाई हराउँदै झापा भेट्रान्स पुग्यो मेयर कप फाइनलमा



Spread the love

१४ कात्तिक, काठमाडौँ । मेयर कप भेट्रान्स फुटबलमा झापा भेट्रान्स क्लब फाइनलमा पुगेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी भेट्रान्स क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै झापा भेट्रान्स फाइनलमा प्रवेश गरेको हो ।

झापाका तर्फबाट कप्तान भेषराज लिम्बूले ४७ औँ मिनेटमा र श्यामकुमार गोलेले ६० औँ मिनेटमा एक एक गोल गरेका थिए ।

झापाले उपाधिका लागि आजै हुने दोस्रो सेमिफाइनलमा खुमलटार भेट्रान्स क्लब र एसएनकेसीबीचको विजेतासँग प्रतिीपर्धा गर्नैछ ।

प्रतिक्रिया दिनुहोस्