Logo

ताजिकिस्तानलाई हराउँदै इरान छनोट भयो एसियन कपमा



Spread the love

एजेन्सी । इरान एएफसी यू-२३ एसियन कप फुटबलका लागि छनोट भएको छ । आइतबार राति भएको खेलमा घरेलु टोलि ताजिकिस्तानलाई ३-२ गोल अन्तरले पराजित गर्दै इरान छनोट भएको हो ।

ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा इरानलाई जित दिलाउन कप्तान यासिन सलमानीले ह्याट्रिक पूरा गरे । त्यस्तै जेइरोभ इस्लोम र एह्सोनी पान्सनबेले एक एक गोल फर्काए ।

यस्तै, नेपाल एएफसी युथ २३ एसियन कप फुटबलको छनोट चरणमा जितिविहन तथा गोलबिहिन हुँदै बाहिरिएको छ । समूह बी मा लगातार तेस्रो हार बेहोर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

हिजो भएको समूहको अन्तिम खेलमा नेपाल लेबनानसँग ४–० ले पराजित भयो । वर्तमान राष्ट्रिय टोलीका ६ खेलाडी तथा सिनियर टोलीको अनुभव बोकेका अन्य ५ खेलाडी भएपनि टोलीको आक्रमण फितलो देखियो ।

प्रतिक्रिया दिनुहोस्