Logo

ला लिगा – लेभान्टेमाथि ग्रानडाको फराकिलो जित



Spread the love

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लेभान्टेमाथि ग्रानडाले जित निकालेको छ । गएराति भएको खेलमा लेभान्टेलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

लेभान्टको मैदानमा जर्मेन सान्सेजले सातौं मिनेटमा गोल गर्दै ग्रानडालाई अग्रता दिलाए ।३८ औं मिनेटमा लुईस जेभियर सुवारेजले गोल गर्दै अग्रता दोब्बर बनाए । ६९ औं मिनेटमा एन्टोनियो जोसे रोड्रिगेजले गोल गरेपछि ग्रानडा ३–० गोलको फराकिलो अन्तरले विजयी भयो ।

जीतसँगै ग्रानडा ११ अंकसहित १४ औं स्थानमा रहेको छ भने लेभान्टे ६ अंकसहित पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्