Logo

धनतेरसमा यस्ता सामान किन्नुहोस्, मिल्नेछ लक्ष्मी माताको आर्शिवाद



Spread the love

आज धनतेरसको दिनमा विभिन्न धातुजन्य सामान किन्दा धनलाभ जनविश्वास छ। धनतेरसका दिन दिन नयाँ झाडु या कुच्चो र नाङलो किनेर पूजा गर्नु पनि राम्रो मानिन्छ । सकेसम्म घरमा चाहिने तामा, पीतल, चाँदीबाट बनेका भाँडाकुडा तथा गरगहना किन्नु राम्रो मानिन्छ ।

साथै नयाँ सफा लुगा लगाएर मन्दिर, गौशाला, घाट, इनार, पोखरी, बगैंचामा आदिमा पनि दियो बाल्नु शुभ मानिन्छ । धनतेरसको साँझ सकेसम्म तिलको तेल राखेर दियो बाल्नु उत्तम मानिन्छ । यस साँझ तेह्र दियो बालेर कुबेरको पूजा गर्नाले धनधान्य र सिद्धि प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्