Logo

च्याम्पियन्स लिग – रोनाल्डोको गोलमा हारबाट जोगियो म्यानचेस्टर युनाइटेड



Spread the love

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र एटलान्टा बराबरीमा रोकिएको छ। मंगलबार राति एटलान्टासँग २–१ गोल अन्तरले पछि परेको स्थितिमा रोनाल्डोले खेलको इन्जूरी समयमा गोल गरी खेल बराबरीमा फर्काएका थिए।

जोसिप इलिचीले १२ औँ मिनेटमा गोल गरी एटलान्टालाई अग्रता दिलाए ।पहिलो हाफको अतिरिक्त समयमा रोनाल्डोले गोल गरी बराबरी गरेका थिए । त्यस्तै ५६ औँ मिनेटमा डेनियल जापटाले गोल गरेपछि एटलान्टाले २–१ को अग्रता बनायो । तर दोस्रो हाफको अतिरिक्त समयमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि म्यानचेस्टर युनाइटेड हारबाट जोगिएको हो ।

त्यस्तै, च्याम्पियन्स लिगमा युभेन्टस् विजयी भएको छ । गएराति भएको खेलमा जेनिटलाई ४–२ ले हराउँदै युभेन्टस् १२ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्