Logo

भाईटिकामा कुन दिशातर्फ फर्किएर टिका लगाउने ?



Spread the love

आजबाट नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ। यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म मनाइन्छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई र लक्ष्मी, गोरु र भाइ पुजा गरिन्छ ।तिहारमा विभिन्न दिन गरिने पूजामा के के कुरामा ध्यान दिनुपर्छ

बिहान र दिउँसोको समयमा गरिने सबैखाले पूजाहरु पूर्वी मोहोडा फर्किएर गर्ने गरिन्छ । साँझको समयमा गरिने सबै पूजाहरु पश्चिमी मोहडा फर्किएर गरिन्छ ।

तिहारमा भाइटीका गर्दा पनि पश्चिम वा उत्तर फर्किएर पूजा गर्नुपर्न बास्तुले बताउँछ । कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाको दिन चन्द्रमा उत्तर दिशामा हुने भएकोले शास्त्रीय मान्यता अनुसार उत्तर वा पश्चिम फर्किएर पूजा गर्नुपर्ने हुन्छ ।

पूजा गर्ने समयमा देवीदेवतालाई सबैभन्दा अघि राखिन्छ । पूर्वतर्फ बत्ती, पूर्वोत्तर कुना (इसान)मा कलश राखिन्छ । लक्ष्मीपूजाको दिन लक्ष्मीको घडालाई बीचमा राखिन्छ । आग्नेय कोणमा गणेश राखिन्छ ।

प्रतिक्रिया दिनुहोस्