Logo

ला लिगा – शिर्षस्थानमा कायमै रियल सोसिडाड, बराबरीमा रोकियो म्याड्रिड



Spread the love

एजेन्सी । स्पेनिस ला लिगामा रियल सोसिडाडले ओसासुनालाई उसैको मैदानमा २–० गोलले पराजित गरेको छ। आइतबार राति भएको खेलमा सोसिडाडलाई जित दिलाउन माइकल मेरिनो र एडनान जानुजाजले गोल गरे ।

जितसँगै सोसिडाड फरि शीर्ष स्थानमा उक्लिएको छ । १३ खेलमा सोसिडाडको २८ अंक छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको २७ अंक छ ।

आइतबार रातिनै भएको खेलमा सेभियाले १० खेलाडीमा समेटिएको रियल बेटिसलाई उसैको मैदानमा २–० गोलले हराएको हो ।

अर्को खेलमा साविक विजेता एट्लेटिको म्याड्रिड भ्यालेन्सियासँग ३–३ गोलको बराबरीमा रोकिएको छ । भिल्लारियलले गेटाफेलाई १–० गोलले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्