Logo

नराम्रो सपना देख्नुु भयो ? जान्नुहोस् यसको अर्थ



Spread the love

एजेन्सी । कहिलेकाँही हामीले राम्रो या नराम्रो दुबै सपना दैख्ने गर्छौ । तर, त्यो सपना हामी किन देखिरहेका छौ भन्ने कुरा थाहा नहुन सक्छ । यसबारे जानौँ ।
-परीक्षाको लागि तयारी नहुनु
सपनामा परीक्षा आएको तर उत्तर दिन नसकेर आत्तिएको सपना देखिन्छ भने आफ्नो कमजोरीलाई छोडेर अगाडि बढ्नुपर्ने समय आएको भन्ने बुझ्नुपर्छ ।
-मृत्यु
सपनामा कसैको मृत्यु भएको देख्नु जीवनमा आउने परिवर्तनको संकेत हो । यसको अर्थ कुनै काम, जागिर, घर वा सम्बन्धलाई समाप्त गर्नुपर्ने समय आएको बुझ्न सकिन्छ ।
-उचाईबाट लड्न
सपनामा अग्लो ठाउँबाट लडेको देखियो भने जिन्दगीमा केही कुराहरु आफ्नो नियन्त्रणबाट बाहिर गएको भन्ने बुझ्नुपर्छ ।
कसैले लखेट्नु
वास्तविक जीवनमा कसैसँग भागिरहेको हुनुहुन्छ भने कुनै भावना वा जिम्मेवारीबाट भाग्दै हुनुहुन्छ भने त्यसको सामना गरेर अगाडि बढ्न संकेत दिएको हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्