Logo

टी २० विश्वकप – फाइनल प्रवेशका लागि इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड आमनेसामने हुदैँ



Spread the love

एजेन्सी । आईसीसी टी २० विश्वकप क्रिकेटमा सेमिफाइनलका खेल आजदेखि सुरु हुँदैछ । पहिलो सेमिफाइनलमा बेलुका पौने ८ बजे आबुधाबीमा इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछ ।

सुपर १२ को समूह १ बाट इङ्ग्ल्यान्ड विजेता र न्युजिल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

ओईन मोर्गनको कप्तानीमा रहेको इंग्ल्यान्ड तेस्रो पटक टि२० विश्वकपको फाइनलमा पुग्ने सोचमा छ । केन विलियम्यसनको कप्तानीमा रहेको न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुग्ने रणनीतिका साथ मैदान उत्रदैछ ।

यस्तै,अर्को सेमिफाइनलमा भोलि पाकिस्तान र अस्ट्रेलिया खेल्ने छन् । अहिलेसम्म अपराजित रहँदै सेमिफाइनलमा पुग्ने पाकिस्तान यो विश्व कपमा एक्लो टोली हो ।

प्रतिक्रिया दिनुहोस्