Logo

टि–२० सिरिजको कप्तानी रोहितले गर्ने, विराटलाई विश्राम



Spread the love

एजेन्सी । भारतीय टी–२० क्रिकेट टोलिको नयाँ कप्तान र उपकप्तान घोषणा गरिएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले रोहित शर्मालाई कप्तान र केएल राहुललाई उपकप्तान बनाएको छ।

भारतले अर्को सातादेखि न्युजिल्यान्डसँग हुने तीन टि–२० अन्तर्राष्ट्रिय सिरिजका लागि १६ सदस्य टोलीको घोषणा गरेको छ ।

भर्खरै टि–२० अन्तर्राष्ट्रियबाट भारतीय टोलीको कप्तानी छाडेका विराट कोहलीलाई विश्राम दिइएको छ ।

भारतको टोली – रोहित शर्मा, लोकेश राहुल, ऋतुराज गायकवाड, श्रेयस अय्यर, सूर्यकुमार यादव, ऋषभ पन्त , इशान किशन, वेंकटेश अय्यर, युजभेन्द्र चहल, रविचन्द्रन आश्विन, अक्षर पटेल, आवेश खान, भुवनेश्वर कुमार, दीपक चाहर, हर्षल पटेल र मोहम्मद सिराज ।

प्रतिक्रिया दिनुहोस्