Logo

६ खेल अगावै ब्राजिल विश्वकपमा छनोट



Spread the love

एजेन्सी । ब्राजिल कतार विश्वकप २०२२ का लागि छनोट भएको छ । आज विहान भएको खेलमा कोलम्बियामाथि १–० को जितसँगै कतार विश्वकपमा स्थान पक्का गर्ने दक्षिण अमेरिकाको पहिलो देश बनेको हो।

कोलम्बियामाथिको जितमा ब्राजिलका लुकास पाक्वेटाले ७२औं मिनेटमा नेइमारको पासमा निर्णायक गोल गरेका थिए ।

अपराजित ब्राजिल १२ खेलबाट ३४ अंकका साथ ६ खेल अगाबै छनोट भएको हो ।

प्रतिक्रिया दिनुहोस्