Logo

रोल्पा जीप दुर्घटना अपडेट – मृतक संख्या ४ पुग्यो



Spread the love

२८ कात्तिक, काठमाडौँ । रोल्पाको माडी ६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँतर्फ जाँदै गरेको यात्रु बाहक रा १ ज ३८२ नम्बरको पिकअप जीप बिहान ११ बजेतिर दुर्घटना हुदाँ मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

दुर्घटनामा घाइते भई उपचाररत १८ वर्षीया लिला पुनको मृत्यु भएको छ। यसअघि ५१ वर्षीय चालक रूद्र घर्ती मगर, ५३ वर्षीय टेकप्रसाद पुन र ४७ वर्षीया चौसरा विकको घटनास्थलमै मृत्यु भएको थियो।

मृतक सबै रोल्पाको माडी गाउँपालिका वडा नम्बर ६ का स्थानीय रहेको रोल्पा प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्