Logo

सुनको मूल्यमा गिरावट, कतिमा कारोबार भइरहेको छ ?



Spread the love

२९ कात्तिक, काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज ३०० ले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

आइतबार प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । आइतबार प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्