Logo

कहिले गर्दैछन् आलिया भट्ट र रनवीर कपुरले इन्गेजमेन्ट ?



Spread the love

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रनवीर कपुरले नोभेम्बर महिनाभित्रै इन्गेजमेन्ट गर्ने खबर सार्वजनिक भएको छ। आलिया र रनवीरको प्रेम सम्बन्ध दुई वर्षअघि एक भिडिओमार्फत् सार्वजनिक भएको थियो।

उनीहरु सामाजिक सञ्जाल र कार्यक्रममा पनि आफ्नो सम्बन्धबारे खुलेर बोलिरहेका हुन्छन्। उनीहरुको बिहेको हल्ला सन् २०१९ देखि नै चलिरहेको थियो, तर अझै पनि रनवीर र आलियाले यो योजना आफैसँग मात्र राखिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्