Logo

दक्षिण अफ्रिकी क्रिकेटर डे भिलियर्सले लिए खेल जीवनबाट संन्यास



Spread the love

एजेन्सी । दक्षिण अफ्रिकी क्रिकेटर एबी डे भिलियर्सले खेल जीवनबाट संन्यास लिएका छन्। सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका डी भिलियर्सको यो घोषणासँगै अब उनलाई कुनै पनि फ्रेन्चाइज लिगमा देख्न नपाइने भएको छ ।

३७ वर्षीय यी क्रिकेटरले रोयल च्यालेन्जर्स बैंगलोरबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्दै आएका थिए। भिलियर्सले दक्षिण अफ्रिकाका लागि १ सय १४ टेस्ट, २ सय २८ एकदिवसिय र ७८ टी–ट्वान्टी खेलेका छन् ।

मैदानका सबै दिशामा बल प्रहार गर्न सक्ने क्षमताका कारण उनी ‘मिस्टर ३६०’ उपनामले समेत परिचित छन्।

प्रतिक्रिया दिनुहोस्