Logo

निरन्तर ओरालो लागेको सुनको मूल्य बढ्यो, कति छ आजको बजार भाउ ?



Spread the love

६ मंसिर, काठमाडौँ । निरन्तर ओरालोे लागेको सुनको मूल्य आज बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला २०० रूपैयाँले बढेर ९३ हजार ९०० रुपैँया कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

आइतबार प्रतितोला ९३ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै‚ आज चाँदीको मूल्य प्रतितोला १० रूपैयाँ बढेर एक हजार २७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी आइतबार प्रतितोला एक हजार २६० रूपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्