Logo

विश्वकप एसिया छनोट : १ सय ५ रनको लक्ष्य पछ्याइरहेको हङकङ जवाफी ब्याटिङ गर्दै



Spread the love

६ मंसिर, काठमाडौँ । आईसीसी महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत १ सय ५ रनको लक्ष्य पछ्याइरहेको हङकङले जवाफी ब्याटिङ थालेको छ ।

दुबईमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले हङकङसामु निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

नेपालका लागि सीता राना मगरले सर्वाधिक ४० रनको योगदान दिदाँ इन्दु बर्माले ३१ रन जोडिन् ।

हङकङका लागि क्यारी चन र बेट्टी चनको नाममा समान एकएक विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्