Logo

रहेनन् राखेप पूर्व उपाध्यक्ष टेण्डी शेर्पा



Spread the love

८ मंसिर, काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष टेण्डी शेर्पाको निधन भएको छ । नशा सम्बन्धी रोगबाट ग्रसित ५० वर्षे शेर्पाको बुधबार बिहान ३ः३० बजे विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको हो।

नशा सम्बन्धी रोगले थला पर्नुअघि उनले अमेरिका, भारत र चीनमा गएर उपचार गराएका थिए ।

अमृत साइन्स क्याम्पसका पूर्व सभापति समेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्व महासचिव, नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष समेत थिए ।

प्रतिक्रिया दिनुहोस्