Logo

दुई वर्षपछि हलमा लाग्दै प्रदीप खड्काको फिल्म



Spread the love

काठमाडौं । प्रदीप खड्का अभिनित फिल्म ‘प्रेमगीत ३’ आगामी फागुन १३ गतेबाट हलमा प्रदर्शन हुने भएको छ । प्रेमगीत ३ निर्माता एवं निर्देशक सन्तोष सेनले मुम्बईबाटै फिल्म रिलिज मिति घोषणा गरेका हुन् । फिल्मले केही दिनमै नयाँ ट्रेलर रिलिज गर्ने तयारी समेत गरेको छ ।

प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा शिव श्रेष्ठ, मनिष राउत, समृद्धी शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की लगायतको अभिनय रहेको छ ।

गत वर्षको चैत २८ गते रिलिज मिति तय गरेको प्रेमगीतको तेस्रो सिक्वेलको रिलिज अन्तिम समयमा रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्