Logo

ए डिभिजन लिग – थ्रीस्टारको पहिलो हार, लयमा सातदोबाटो



Spread the love
तस्बिर – थ्रीस्टार क्लब

१० मंसिर, काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टारले पहिलो हार ब्यहोरेको छ । दशरथ रंगशमालामा शुक्रबार भएको खेलमा थ्रीस्टारले सातदोबाटो युथ क्लबसँग १–० ले पराजय भोगेको हो ।

सुदीप गुरुङले २९औँ मिनेटमा गरेको निर्णायक गोल नै सातदोबाटोकोे जितका लागि पर्याप्त बन्यो ।

लिगको पहिलो खेलमा फ्रेण्डस् क्लबसँग अंक बाढेको सातदोबाटोको यो पहिलो जित हो ।

प्रतिक्रिया दिनुहोस्