Logo

कांग्रेस सुर्खेत सभापतिमा पोखरेल निर्विरोध निर्वाचित



Spread the love

१२ मंसिर, सुर्खेत । नेपाली कांग्रेस सुर्खेतको सभापतिमा संस्थापन पक्षका खड्ग पोखरेल निर्विरोध निर्वाचित भएका छन् । शनिबारदेखि सुरु भएको निर्वाचनमा प्रक्रियामा सभापतिमा पोखरेलबाहेक अन्य उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

महाधिवेशन प्रतिनिधिमा रामचन्द्र पौडेल समूहबाट कुनै व्यक्ति व्यक्ति निर्वाचित नभएपछि पोखरेलको एकल उम्मेदवारी परेको थियो ।

पोखरेल यसअघि दुई कार्यकाल कांग्रेसको क्षेत्र नं १ को क्षेत्रीय सभापतिसमेत बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्