Logo

प्रिमियर लिग – लिड्सले हरायो क्रिस्टल प्यालेसलाई, न्युकासल बराबरीमा रोकियो



Spread the love

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि लिड्स युनाईटेडले जित निकालेको छ । गएराति भएको खेलमा लिड्सले क्रिस्टल प्यालेसलाई १–० गोलले पराजित गरेको हो ।

लिड्सका राफिन्हाले खेलको अन्तिम समयमा पेनाल्टीमा गोल गरे । यो जितसँगै लिड्सले १४ खेलमा १५ अंक जोडेको छ ।

लिड्स अंक तालिकाको १५ औं स्थानमा छ । क्रिस्टल प्यालेस १६ अंकका साथ १२ औं स्थानमा छ ।

अर्को खेलमा न्युकासल र नर्विच सिटीले १–१ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्