Logo

प्रदेश–२ बाहिरियो, प्रकाश जैशीको उत्कृष्ट प्रर्दशनमा कर्णाली विजयी



Spread the love

१६ मंसिर, काठमाडौं । कर्णाली प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित निकालेको छ । बिहीबार प्रतियोगिताको अन्तिम खेल खेल्दा कर्णालीले प्रदेश नम्बर–२ माथि २ विकेटको जित हात पारेको हो ।

यो हारसँगै प्रदेश–२ प्रतियोगिताबाट बाहिरिएको छ । ६ खेल खेलेको कर्णाली पुछारबाट दोस्रो स्थानमा छ ।

मूलपानी क्रिकेट मैदानमा प्रदेश–२ ले दिएको ४६ रनको लक्ष्य कर्णालीले १३ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

यसअघि, पहिले ब्याटिङ गरेको प्रदेश–२ ले १३ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै ४५ रन बनाएको थियो । बलिङतर्फ कर्णालीका लागि प्रकाश जैशीले ६ ओभर ४ बल बलिङ गर्दै सर्वाधिक ८ विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस्