Logo

साताको पहिलो दिन उकालो लाग्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?



Spread the love

१९ मंसिर, काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य उकालो लागेको छ । आज सुनको मूल्य ७०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

गत शुक्रबार सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्