Logo

विश्व खाद्यको चामलमा ढुसी देखिएपछि..



Spread the love

शिक्षाका लागि खाद्य कार्यक्रम अन्तर्गत विश्व खाद्य कार्यक्रमले जाजरकोटमा वितरण गर्दै आएको चामलमा ढुसी लागेको फेला परेको छ ।

बारेकोट गाउँपालिकाको लिम्सा वितरण केन्द्रमा जनप्रतिनिधिको रोहवरमा ढुसी लागेको खान अयोग्य एक बोरा चामल बिहीबार नष्ट गरिएको छ ।

दिवा खाजा वितरण केन्द्र लिम्सामा गत फागुन १२ गते चामल वितरण गर्ने क्रममा ५० किलोको बोरामा झन्डै २५ किलो चामलमा ढुसी देखा परेपछि वितरणमा रोक लगाइएको थियो ।

गोदाम व्यवस्थित नहुँदा चामलमा ढुसी परेको वितरण केन्द्रका इन्चार्ज सरोज वलीले जानकारी दिए भन्ने खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्