Logo

प्रिमियर लिग – आर्सनलमाथि एभर्टनको जित



Spread the love

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले आर्सनललाई पराजित गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा एभर्टनले आर्सनलाई २–१ गोलले पराजित गरेको हो ।

पहिलो हाफको अन्तिममा मार्टिन ओडेगार्डले गोल गरी आर्सनललाई सुरुवाती अग्रता दिलाए। तर, ७९औँ मिनेटमा रिचार्लीसनले गोल गरी बराबरी गरे । खेलको इन्जुरी समयमा डेमाराई ग्रेले गोल गरी एभर्टनलाई जिताए ।

जितसँगै एभर्टन १५ खेलबाट १८ अङ्क जोडेर १२औँ स्थानमा उक्लिएको छ भने आर्सनलको समान खेलमा २३ अङ्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस्