Logo

सन्दिप लामिछानेसहित ११ नेपाली खेलाडी पाकिस्तान सुपर लिगको ड्राफ्टमा



Spread the love

काठमाडौँ । पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा ११ नेपाली खेलाडी परेका छन् । नेपालबाट लेग स्पिनर सन्दीप लामिछाने प्लाटिनम र विकेटकीपर विनोद भण्डारीले गोल्ड तथा ९ खेलाडीले सिल्भर क्याटोगोरीमा नाम दार्ता गराएका हुन् ।

सिल्भर क्याटागोरीमा बसन्त रेग्मी, सोमपाल कामी, साहब आलम, शरद भेषवाकर, सुवास खकुरेल, ललितनारायण राजवंशी, पवन सरार्फ, सुशन भारी र विक्रम सोब छन् । पिएसएलले औपचारिक रूपमा भने ड्राफ्ट सूची सार्वजनिक गर्न बाँकी छ ।

ड्राफ्ट १२ डिसेम्बरमा हुनेछ । पिएसएल आगामी २७ जनवरीदेखि २७ फेब्रुअरीसम्म पाकिस्तानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्