Logo

राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा पुबुदुलाई नियुक्त गर्ने



Spread the love

२३ मंसिर, काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायकेलाई नियुक्त गर्ने तयारी गरेको छ ।

नेपाली क्रिकेट टिममा पुबुदुको यो दोस्रो कार्यकाल हो । यसअघि, सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका उनले नेपाली क्रिकेटलाई माथि उकास्न महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

डेभ वाट्मोरले राजीनामा दिएपछि राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकविहीन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्