Logo

फिलिपिन्समा शक्तिशाली तुफानका कारण ४९ जनाको मृत्यु



Spread the love

एजेन्सी। फिलिपिन्समा शक्तिशाली तुफानका कारण ४९ जनाले ज्यान गुमाएका छन् । गत हप्ता आएको शक्तिशाली राइ तुफानबाट प्रभावित मध्य फिलिपिनी प्रान्त बोहोलमा ४९ जनाको मृत्यु भएको हो ।

यद्यपि, सरकारी तथ्याङ्क अनुसार भने मृत्यु हुनेको संख्या ३१ जना रहेको रोयटर्सले जनाएको छ । प्रान्तीय गभर्नर अर्थर यापले राहत कार्य जारी रहेको बताएका छन् ।

गभर्नर यापले विशेष गरी खानेपानीसहित राहत सामग्री सहयोग गर्न अपील गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्