Logo

युवक हत्या प्रकरण – प्रहरीले भेटायो हत्यापछिको फोन रेकर्ड



Spread the love

४ पुस, काठमाडौँ । कैलालीका जानकी गाउँपालिका–९ का २५ अरुण दास हत्याको फोन कल रेकर्ड बाहिरिएको छ । शनिबार दासको हत्या जानकी गाउँपालिकाका–९ स्थित अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको छिनालिएको अवस्थामा भेटिएको हो ।

दासकै साथी भएको बताउँदै एकजना युवकले आफूलगायतका केहीले हत्या गरेको आशयको कुरा गरेको फोन कल रेकर्ड बाहिरिएपछि प्रहरीले यसमै केन्द्रीत भएर घटना अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

बाहिरिएको कल रेकर्ड सत्य, तथ्यमा आधारित भए नभएको बारेमा अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्