Logo

ए डिभिजन लिग – फ्रेन्ड्स पराजित, रेलिगेसन जोनबाट हट्यो एपीएफ



Spread the love

५ पुस, काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । दशरथ रङ्गशालामा आज भएको खेलमा एपीएफले फ्रेन्ड्सलाई ३ –१ गोलले पराजित गरेको हो ।

एपीएफको जितमा आशिष लामाले दुई र विकी तामाङले एक गोल गरे । फ्रेन्ड्सका लागि प्रिजेन तामाङले सान्त्वना गोल फर्काए ।

जितसँगै एपीएफ रेलिगेशन जोनबाट माथि उठ्दै ११ औँ स्थानमा पुगेको छ भने दुई अङ्क रहेको फ्रेन्ड्स पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्