Logo

डेढ महिनापछि वागमती प्रदेशसभा बैठक बस्दै



Spread the love

७ पुस, काठमाडौं । वाग्मती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेका लागि तय भएको हो।

गत कात्तिक २२ गते मुख्यमन्त्री राजेन्द्र पाण्डेले सपथ लिएपछि डेढ महिनापछि बैठक तय गरिएको छ ।

संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका हुन्। सोही बैठकबाट प्रदेशसभा बैठकको कार्यसूची तय हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्