Logo

घुँडा दुख्ने समस्या देखिन थाल्यो ? यसो गर्नुहोस्



Spread the love

एजेन्सी। आज भोली उमेर नै नपुगी धेरै युवा पुस्तामा घुँडा दुख्ने समस्या देखिन थालेको छ । त्यसैविच अहिले जाडोको मौसम छ । यसबेला घुँडा दुख्दा चिसोका कारण दुख्यो भनेर बस्ने गरिन्छ । तर त्यस्तालाई घुँडा खिइने रोग लागेको हुन सक्छ ।

प्राय : ४५ वर्ष पूरा भएकाहरुलाई मात्रै घुँडाको रोग लाग्ने गरे पनि पुरानो चोटपटक, जोर्नी संक्रमण, बाथ रोग र रगत सम्बन्धी रोग जस्तै, हेमोफिलिया लगायतका समस्या भएकालाई घुँडा दुख्ने रोग लाग्न सक्ने हुन्छ ।

घुँडा खिइने रोगले सताएको छ भने त्यसलाई सामान्य मानेर बस्दा अपाङ्गसम्म भइन्छ ।

घुँडा खिइन थाल्यो यसो गर्नुहोस्:
शरीरको तौल बढ्न नदिने, स्वस्थ खानपान गर्ने, पलेटी कसेर नबस्ने, घुँडा नखुम्च्याउने, उकालो–ओरालो कम हिँड्ने, नियमित शारीरिक अभ्यास गर्ने, रोग लागिसकेकाले नियमित थेरापी गर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्