Logo

दक्षिण एशियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा हुने



Spread the love

१३ पुस, काठमाडौँ। पहिलो संस्करणको दक्षिण एशियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसनको बैठकले सन् २०२२ मा हुने च्याम्पियनसिप नेपालमा आयोजना गर्ने निर्णय गरेको हो । यद्दपी, च्याम्पियनसिपको मिति भने तोकिएको छैन ।

यसैगरी, बैठकले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलको अर्को संस्करण माल्दिभ्समा आयोजना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्