Logo

अपराजित रहँदै नेपालले जित्यो सेन्ट्रल जोन भलिबलको उपाधि



Spread the love

१३ पुस, काठमाडौँ । साविक विजेता नेपालले एभिसी एसियन सेन्ट्रल जोन भलिबलको उपाधि उचालेको छ । नेपालले उज्वेकिस्तानलाई हराउँदै लगातार दोस्रो संस्करणमा अपराजित रहँदै च्याम्पियन बनेको हो ।

बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार भएको उपाधि भिडन्तमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो । नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५ र १५– १० ले जित्न सफल भयो ।

उज्वेकिस्तानसँग नेपालले यही प्रतियोगितामा पहिलोपल्ट खेलेको हो। नेपालले सन् २०१९ मा बंगलादेशमै भएको प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई हराएर उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्