Logo

ए डिभिजन लिग – पेनाल्टीमा चुक्दा सातदोबाटो शेर्पासँग पराजित



Spread the love

१९ पुस, काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा हिमालयन शेर्पा क्लबले सातदोबाटो युथ क्लबमाथि जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटोलाई हिमालयन शेर्पाले १-० गोलअन्तरले हराएको हो ।

विश्वास श्रेष्ठको निर्णायक गोल नै शेर्पाको जितको लागि पर्याप्त बन्यो । ४३ औं मिनेटमा हिमालयन शेर्पाले पेनाल्टी पाएको थियो। शेर्पाका गोलकिपर दीप कार्कीले पेनाल्टी रोक्न सफल भएका थिए ।

जितसँग हिमालयन शेर्पा अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने सातदोबाटो तालिकाको आठौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्