Logo

सबै कुरा बिर्सेर देशका लागि खेल्ने हो – पूर्वकप्तान मल्ल



Spread the love

२० पुस, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अब पुराना सबै कुरा बिर्सेर देशका लागि खेल्ने बताएका छन् । बन्द प्रशिक्षणका लागि आज त्रिवि मैदान कीर्तिपुर पुगेका मल्लले विगतमा जे–जस्तो भए पनि अब विश्व कपमा छनोट हुने लक्ष्य लिएर खेल्ने बताए ।

‘अब व्यक्तिगत रिसइबी त्यागेर देशका लागि खेल्ने हो, बोर्ड र खेलाडी एक ठाउँमा बस्नुपर्छ र हामीले नै क्रिकेट अघि बढाउनुपर्छ भन्ने लाग्यो । जे भयो भयो, अबको दिनमा राम्रोसँग अघि बढ्ने हो’, ज्ञानेन्द्र मल्लले भने ।

प्रतिक्रिया दिनुहोस्