Logo

टेष्ट क्रिकेट – न्यूजिल्याण्डमाथि बंगलादेशको ऐतिहासिक जित



Spread the love

एजेन्सी । टेष्ट क्रिकेटमा बंगलादेशले न्यूजिल्याण्डमाथि ऐतिहासिक जित हात पारेको छ। न्यूजिल्याण्ड भ्रमणमा रहेको बंगलादेशले पहिलो टेष्टमा घरेलु टोलीलाई ८ विकेटले हराएको हो।

क्रिकेटका सबै फर्म्र्याटमा न्यूजील्याण्डविरुद्ध बंगलादेशको यो पहिलो जित हो। जितसँगै बंगालदेशले २ खेलको श्रृंखलामा १–० को अग्रता बनाएको छ।

न्यूजिल्याण्डले अन्तिम दिनको खेल ५ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको अवस्थाबाट सुरु गरेको थियो। दोस्रो इनिंसमा ब्याटिङमा उत्रिएको बंगलादेशका लागि जितका लागि ४० रन आवश्यक पर्दा उसले १७ ओभरमा सहजै लक्ष्य भेटायो।

प्रतिक्रिया दिनुहोस्