Logo

भारतमा एकैदिन थपिए करिब २ लाख कोरोना संक्रमित



Spread the love

एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा फैलिरहेको छ। बुधबार मात्र भारतमा १ लाख ९४ हजार ७२० कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा पछिल्लो २४ घन्टामा देखिएको संक्रमितको संख्या मंगलबारको तुलनामा ११.०५ प्रतिशत बढी हो।

भारतमा कोरोनासँगै नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पनि तीव्ररुपमा फैलिरहेको छ। यहाँ ओमिक्रोन संक्रमितको संख्या ४ हजार ८६८ पुगेको छ।

सबैभन्दा बढी महाराष्ट्रमा कोरोना संक्रमण फैलिरहेको छ। यहाँ कोरोनाबाट ३४ हजार ४२४ जनामा संक्रमण पुष्टि भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्